काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्न दिने समयमा विभेद गरेको आरोप लगाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले सांसदहरूलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए।
मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सभामा सांसदले बोल्ने बेलामा माइक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए।
उनले सबै सांसदले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने जिकिर गरे। उपमहासचिव शर्माले मुलुकमा जातीय,धार्मिक द्वन्द्व फैल्याउने काम भइइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न गम्भीर कदम चाल्न सरकारलाई पनि सचेत गराए।