२०८० असोज १८ गते बिहीबारको तपाईको राशिफल-Sutra News

२०८० असोज १८ गते बिहीबारको तपाईको राशिफल

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

आज मिति २०८० असोज १७ गते बुधबार अर्थात २०२३ अक्टोबर ५ को दिन। आज असोज कृष्ण षष्ठी तिथि व्यतिपात वणिज मृगशिरा, सप्तमी श्राद्धको समय। हेर्नुहोस् आजको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्ने छ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । बन्न लागेको काम बिग्रन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्ने छ । राजनीति अधिकारमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । स्वास्थ्यमा सुधार आउला । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयर बजारबाट पनि लाभ मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट