बीमा शुल्क आर्जनमा नेपाल लाइफ अगाडि, कुनले कति आर्जन गरे ?-Sutra News

बीमा शुल्क आर्जनमा नेपाल लाइफ अगाडि, कुनले कति आर्जन गरे ?

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

काठमाडौं । चालु आर्थिक वर्ष(आव)को दुई महिनामा जीवन बीमा कम्पनीहरुको करिब ३० अर्ब बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन र भदौको दुई महिनाको अवधिमा बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख ३८ अर्ब बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।



जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब चार करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । भदौमा मात्रै कम्पनीहरूले नौ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । त्यसमध्ये नयाँ व्यवसाय मात्रै दुई अर्ब तीन करोड ७९ लाख रुपैयाँ रहेको छ ।

भदौमा मात्रै कम्पनीहरूले नवीकरण बीमा शुल्क सात अर्ब ४८ करोड ५५६ लाख रुपैयाँ संकलन गरेका हुन् । भदौमा कम्पनीहरूले कुल ८१५ वटा बीमालेख जारी गरेका छन् । कुल सक्रिय रहेको बीमालेखको संख्या भने एक करोड ३४ लाख ५१ हजार ८२२ छ ।

१४मध्ये आठ कम्पनीले बढाउँदा छ कम्पनीको खस्कियो

सञ्चालित १४ कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २०८० भदौसम्म आठ अर्ब एक करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो ।

त्यस्तै, सो अवधिमा राष्ट्रिय बीमा संस्थानको व्यवसाय पनि राम्रो देखिएको छ । २०७९ भदौमा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको संस्थानले २०८० भदौसम्ममा तीन अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा ३२५.३९ प्रतिशतले बढी हो ।

दुई कम्पनी मर्ज भएर बनेको सानिमा रिलायन्सले समीक्षा अवधिमा एक अर्ब एक करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिटिजन लाइफले एक अर्ब एक करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रतिशतको आधारमा भने सानिमा रिलायन्सको बिजनेस १२.५५ प्रतिशतले बढेको छ भने सिटिजन लाइफको बिजनेस गत वर्षको तुलनामा ५.०५ प्रतिशतले खस्किएको छ । सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा भने यी दुई कम्पनी क्रमशः आठौं र नवौं स्थानमा छन् ।

हिमालयनले दुई अर्ब ९५ करोड ७९ लाख रुपैयाँ र नेशनल लाइफले दुई अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, समीक्षा अवधिमा अधिकांश कम्पनीको व्यवसायमा वृद्धि भएपनि केही कम्पनीको खस्किएको छ ।

गत वर्षको तुलनामा व्यवसाय लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल लाइफ, सूर्यज्योति, सिटिजन, मेट र सन नेपाल लाइफको व्यवसाय खस्किन पुगेको छ । यी कम्पनीको व्यवसायमा अधिकतम् १० प्रतिशतसम्मले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट