काठमाडौँ। विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा पस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायनसम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेस गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गरे ।
विद्यायनसम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए ।
उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताए ।