यी हुन् सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय-Sutra News

यी हुन् सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

काठमाडौँ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ।



आयोगको प्रथम बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा असोज १७ गते बसेको हो।

सो बैठकले गरेका निर्णय आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

बैठकले ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्नेलगायत ५ निर्णय गरेको छ।

आयोगको पहिलो निर्णयमा आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तेस्रो निर्णयमा आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यमार्फत गराउने भन्ने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट