फेरि बढ्याे डलरकाे भाउ, अन्यकाे दरभाउ यस्ताे-Sutra News

फेरि बढ्याे डलरकाे भाउ, अन्यकाे दरभाउ यस्ताे

शुक्रबार, १९ असोज २०८०

शुक्रबार, १९ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले शुक्रबारका लागि विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ ।



जसअनुसार नेपाली बजारमा अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। बिहीबारको तुलनामा आज डलर भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी, शुक्रबार युरो १ को खरिददर १३९ रुपैयाँ ८२ पैसा र विक्रिदर १४० रुपैयाँ ४५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २६ पैसाले बढेको छ ।

शुक्रबार युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ १० पैसा छ। यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ७२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४० पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १८ रुपैयाँ २९ पैसा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट