

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न सामाग्रीहरू ल्याउन राेक लगाएकाे छ । भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्ताे जनाएकाे हाे । कार्यालयकाे पछिल्लाे निर्णयसँगै विदेशबाट आउने थुप्रै नेपाली प्रभावित हुने भएका छन् ।
कार्यालयले जनाएअनुसार इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायतका सामान ल्याउन नपाइने भएकाे छ ।
साथै, विदेशबाट यस्ता सामान कार्गाेमार्फत वा अन्य उपायमार्फत नपठाउन पनि कार्यालयले अनुराेध गरेकाे छ ।
कार्यालयले सामानहरू खाेलेर जाँच गर्नुपर्ने भएकाले फुट्न वा बिग्रिन सक्ने जाेखिम भएकाे बताएकाे छ ।