काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।
अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री दाहालले शनिबार साँझ शीतलनिवासमा सो भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले आफनो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।
उनका अनुसार सो भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छफलफल भएको थियो ।
यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजै भेट गरी समसामयिक विषयमा छलफल गरेका थिए ।