कोशीमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान, असोज २६ भित्र दाबी पेस गर्नुपर्ने-Sutra News

कोशीमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान, असोज २६ भित्र दाबी पेस गर्नुपर्ने

शनिबार, २० असोज २०८०

शनिबार, २० असोज २०८०

काठमाडौँ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले शनिबार साँझ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन्।



मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुखले पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका हुन्।

उनले आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट