इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना-Sutra News

इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौँ। इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ। विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।



‘गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट