मोहन वैद्यको पार्टीको महाधिवेशन जेठ अन्तिममा-Sutra News

मोहन वैद्यको पार्टीको महाधिवेशन जेठ अन्तिममा

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौं । नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगामी जेठ अन्तिम साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । यही असोज १६ देखि २१ गतेसम्म बसेको आयोजक कमिटीको बैठक महाधिवेशन गर्ने निर्णय गरेको हो ।



महाधिवेशनको मिति र स्थान भने कार्यलयको बैठक बसेर पछि निर्णय गर्ने नेता सीपी गजुरेलले जानकारी दिए । ‘जेठको अन्तिम साता महाधिवेशन गर्ने गरी बैठक सकिएको छ’, उनले भने, ‘मिति र स्थानबारे निर्णय लिने जिम्मा कार्यलय बैठकलाई दिएको छ ।’

बैठकमा अध्यक्ष मोहन बैद्यले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने तथा सम्मेलनद्वारा निर्मित क्रान्तिकारी जनवादी संयुक्त मोर्चामार्फत जनसंघर्ष र प्रतिरोध संघर्षकोबीचबाट अस्थायी संयुक्त सरकार गठन गरिने बैद्यले पेस गरेको राजनीतिक दस्तावेजको बुँदा नम्बर ५ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट