काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्न सफल भएको छ ।
लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड एक अपसमा गाभिएपश्चात कायम हुन आएको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले ग्राहकको थप विश्वास हासिल गर्दै हवाई बीमाका क्षेत्रमा समेत आफूलाई अब्बल सावित गर्न सफल भएको हो ।
हाल नेपालमा रहेका एभिएसन कम्पनीहरु मध्ये सात वटा कम्पनीहरु को बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार सात वटा एभिएसन कम्पनीहरुको काम गरिरहेको छ ।
सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ ।
कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको ईन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ ।
कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये चार वटा हेलिकप्टर दूर्घटना परेकोमा हेलि एभरेष्टको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिब २९ करोड रुपैंयाँ भुक्तान गरिसकेको कम्पनीले जनाएको छ ।