दसैं नजिकिँदै गर्दा फेरि बढ्न थाल्यो सुनको भाउ-Sutra News

दसैं नजिकिँदै गर्दा फेरि बढ्न थाल्यो सुनको भाउ

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडौं । तीज गएसँगै नेपाली बजारमा घटेको सुनको भाउ दसैं नजिकिँदै गर्दा बढ्न थालेको छ । असोज १६ देखि बढ्न थालेको भाउ सोमबार पनि बढेको छ ।



आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा एक हजार रुपैयाँले बढोत्तरी भएको छ । आइतबार प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार एक लाख आठ हजार छ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुन एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनसँगै नेपाली बजारमा चाँदीको भाउमा पनि निरन्तर बृद्धि भइरहेको छ । असोज १९ मा प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको चाँदीको भाउ सोमबार आउँदा एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।

यसअघि तीज आउँदै गर्दा सुन चाँदीको भाउ बढ्न थालेको थियो भने तीज गएसँगै भाउ घट्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट