दाेस्राे दिन पनि शेयर बजारमा पहिराे-Sutra News

दाेस्राे दिन पनि शेयर बजारमा पहिराे

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन पनि शेयर बजारमा पहिराे गएकाे छ । साेमबार १२ दशमलव ५८ अंकले घट्दै १९०८.६६ को बिन्दुमा झरेकाे छ ।



साेमबार २८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ ।

उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९६ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै छ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू तीन करोड ५१ लाख ४५ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सानिमा इक्विटी फन्डको एक लाख ६९ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट