बंकरमा रहेका नेपाली विद्यार्थीको इजरायली सेनाले गर्‍यो उद्धार-Sutra News

बंकरमा रहेका नेपाली विद्यार्थीको इजरायली सेनाले गर्‍यो उद्धार

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलको बंकरसमा अलपत्र परेका नेपाली विद्यार्थीहरुको उद्धार भएको छ । विद्यार्थीहरुलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको छ ।



नेपाली विद्यार्थी लुइस रिजालले सामाजिक सञ्जालमार्फत सबैजना सुरक्षित सेल्टरमा आइपुगेको जनाएका छन् । उनले आतंकवादीको कुनै समस्या नरहेको र चारैतिर इजरायली सेना रहेको बताएका छन् ।

“हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं, अब केही आश पलाएको छ, नेपाल सरकारले एक(दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ”, उनले भनेका छन् ।

४९ जना नेपाली विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि इजरायल पुगेका थिए । जसमध्ये हमासको आक्रमणमा परी १० जना निधन भएको छ भने चार जना घाइते छन् । हालसम्म पनि एक जना सम्पर्कबिहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट