सेयर बजारमा लगातार पहिराे, १८ सयकाे बिन्दुमा झर्‍याे बजार-Sutra News

सेयर बजारमा लगातार पहिराे, १८ सयकाे बिन्दुमा झर्‍याे बजार

मंगलबार, २३ असोज २०८०

मंगलबार, २३ असोज २०८०

काठमाडाैं । साताकाे तेस्रो दिन पनि सेयर बजारमा पहिराे गएकाे छ । मंगलबार १९ दशमलव ०६ अंकले घट्दै बजार एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा झरेकाे छ ।



विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् ।

मंगलबार सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रू २० करोड ३७ लाख ९४ हजार नौ सय ९१ बराबरको चार लाख ३३ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट