बीआरआई फोरममा झलनाथ खनाल पनि सहभागी हुने-Sutra News

बीआरआई फोरममा झलनाथ खनाल पनि सहभागी हुने

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडौँ। चीनले आयोजना गरेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)मा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुने भएका छन्।



फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा।डा। युवराज संग्रौलाले भाग लिन लागेका हुन्।

तेस्रो ‘बीआरएफ’ मा सहभागी हुने भएपछि पार्टीले १४ असोजदेखि सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियानमा सहभागी खनाल आजै नेपालगञ्जबाट काठमाडौं आउँदैछन्।

‘हो, पार्टीको तर्फबाट तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ्स फोरममा भाग लिन सम्मानित नेता झलनाथ खनाल चीन जाँदै हुनुहुन्छ’ एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘चीन जाने कार्यक्रम तय भएकाले उहाँ आजै साँझ काठमाडौं फर्कंदै हुनुहुन्छ।’

पूर्व प्रधानममन्त्री समेत रहेका सम्मानित नेता खनाल एकिकृत समाजवादीको विभाग प्रमुख समेत छन्। सोही हैसियतमा उनी तेस्रो बीआरएफमा सहभागी हुन लागेका हुन्।

बेल्ट एण्ड रोड फोरममा सम्बन्धित मुलुकको प्रतिनिधित्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारले तोकेको प्रतिनिधिले गर्ने भएपनि दोस्रो बीआरएफमा तत्कालिन सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

उनी त्यो बेला नेकपाको विदेश विभाग प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट