बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई सलिकोले गर्‍यो आर्थिक सहयोग-Sutra News

बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई सलिकोले गर्‍यो आर्थिक सहयोग

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले पोखरामा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग गरेको छ ।



कम्पनीले सामाजिक उत्तर दायित्वअन्तर्गतको शीर्षबाट पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सलिको यसअघि पनि विभिन्न क्षेत्रमा यसैगरी सहयोग गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र गरिबी निवारणजस्ता क्षेत्रमा सहयोगका कार्यक्रमलाई विस्तार गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट