काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औं केन्द्रिय वार्षिक साधारण सभा शनिबार हुने भएको छ ।
राजधानीको नयाँ बसपार्कस्थित बिजी ब्याङक्वेटमा साधारसभा हुन लागेको हो ।
कार्यक्रम बिहान ठिक ११ बजेदेखि सुरु हुने जानकारी गराउँदै नेपाली गीत संगीतका अग्रज स्रष्टा तथा सर्जकलगायत अन्य व्यक्तिहरुलाई सम्मान गरिनुका साथै विभिन्न कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने अध्यक्ष रिता थापा मगरले जानकारी गराएकी छिन् ।
कार्यक्रममा अग्रज कलाकारदेखि समाजसेवीलगायतको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ ।