फेरि चर्कँदै रूस-युक्रेन युद्ध : रूसी सेनाको दुईवटा जहाज ध्वस्त-Sutra News

फेरि चर्कँदै रूस-युक्रेन युद्ध : रूसी सेनाको दुईवटा जहाज ध्वस्त

शनिबार, २७ असोज २०८०

शनिबार, २७ असोज २०८०

काठमाडौं । युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ ।



युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

सेभास्टोपोल सहर नजिकै शुक्रबार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

यसैगरी डेर्जाभिन गस्ती जहाजमा बुधबार प्रहार भएको जनाएको छ ।

युक्रेनी नौसेनाका प्रवत्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रबार दोस्रो पटक आक्रमण गरेको बताए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट