सिन्धु कन्टेनर बचतको साधारण सभा सम्पन्न-Sutra News

सिन्धु कन्टेनर बचतको साधारण सभा सम्पन्न

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर ठिमी भक्तपुरको तेह्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौं नक्सालमा भएको साधारण सभाले संस्थाको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ भने आ.व. २०७९/०८० को प्रगति विवरण हुँदै आ.व. २०८०/०८१ को अनुमानित आयव्यय समेत पारित गरेको छ ।



साधारण सभाले अगामी आ.व.का लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमीक निर्धारण सम्बन्ध र संस्थाको आम्दानीको आधारमा लभांश समेत वितरण गर्ने विषयहरु पारित गरेको छ ।

चालु आ.व.मा संस्थाको शेयर पुजी ११ करोड ८९ लाख ७ हजार ९ सय रुपैयाँको भएको छ भने निक्षेप हिसाब ११ करोड २१ लाख ३३ हजार ६ सय २५ रुपैयाँको हुन आएको छ ।

त्यसैगरी जगेडा कोष १५ करोड २७ लाख ७२ हजार ५ सय ८६ रुपैयाँ भएको सो सहकारीको चालु आ.व. कुल कारोवार ५७ करोड ५७ लाख ३१ हजार ८ सय २ रुपैयाँको भएको छ ।

साधारण सभामा उद्योग वाणिज्य महासंघ, सिन्धुपालचोकका जनप्रतिनिधि सहकारी अभियन्ताको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष बच्चु पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट