पाँच तारा बचतको साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित-Sutra News

पाँच तारा बचतको साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।



पेप्सीकोला काठमाडौंमा आयोजना गरिएको सो साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७९/०८० को लेखा परिक्षण को प्रतिवेदन हुदै विभिन्न प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले आ.व.२०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमीक तोक्ने सम्बन्ध, १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत साधारण साभाले पारित गरेको छ ।

चालु आ.व.मा संस्थाको शेयर पुँजी ८ करोड ११ लाख ७२ हजार ४ सय रुपैयाँको हुन आएको छ भने संस्थाको निक्षेप ५२ करोड ५३ लाख ७९ हजार ६ सय ९८ रुपैयाँ १ पैसाको भएको छ । जगेडा कोष ५ करोड ८६ लाख १ हजार १ सय १८ रुपैयाँ भएको सो सहकारीको चालु आ.व.मा कुल कारोवार ८२ करोड ७ लाख ७४ हजार २ सय ४९ रुपैया ४९ पैसाको भएको छ ।

अन्य विविध कार्यक्रम गरी समान्न भएको सो साधारण सभाले आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा भोला पाठक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट