काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा १६९, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ प्रति लिटर कायम हुनेछ।
यस्तै, डिजेल पहिलो वर्गमा १६५, दोस्रोमा १६७ र तस्रोमा १६८ रुपैयाँ कायम हुनेछ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै निगमले पनि मूल्य घटाएकाे हाे ।
निगमले यसअघि असोज १४ गतेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्यमा भारी वृद्धि गरेकाे थियाे । चर्को आलोचना भएपछि सरकारले मूल्य समायोजन फिर्ता गर्न निगमलाई निर्दैशन दिएसँगै भोलिपल्टै फिर्ता भएको थियो।