काठमाडाैं । सरकारी स्वामित्वकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साेमबारदेखि दसैँका लागि खसी–बोका बिक्री गर्ने भएको छ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जनाएअनुसार दसैँका लागि दुई हजारवटा खसी र बोका तथा एक हजारवटा च्यांग्रा बिक्रीका लागि ल्याइने जानकारी दिइन्।
खसी, बोका र च्यांग्रा ल्याउन कम्पनीले आठ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो।
यसपालि पनि किलोमा १० रुपैयाँ छुट दिने व्यवस्था कम्पनीले गरेको उनले जानकारी दिइन् । हाल बजारमा जिउँदो मासु किलोको ६८० रुपैयाँको आसपास बिक्री भइरहेको छ।