काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रत्न शंकर जोशीको निर्वाचित भएका छन् । सहकारीको हालै सम्पन्न सताइसौं वार्षिक साधारण सभाले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाले अन्य संचालक सदस्यहरु समेत निर्वाचित गरेको छ ।
साधारण सभाले संचालक समितिले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन पारित गरेको छ भने लेखा परिक्षकको प्रतिवेदन आ.व. २०७९/०८० को संचालक तथा उप समितिले गरेको विभिन्न निर्णयहरु पारित गर्दै आ.व. २०८०/०८१ को लेखा परिक्षक तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ ।
चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ७९ लाख ३६ हजार ७ सय रुपैयाँ हुन आएको छ भने निक्षेप दायित्व ९ करोड ७४ लाख ४ हजार ७१ रुपैयाँ ७६ पैसाको भएको छ ।
त्यसैगरि संस्थाका जगेडाकोष २ करोड ९३ लाख १० हजार ८ सय ९९ रुपैयाँ ३४ पैसाको भएको सो सहकारीको अन्य विविध आय/व्यय गरि चालु आ.व. मा संस्थाको कुल कारोबार १८ करोड ९ लाख २८ हजार ३ सय ९३ रुपैयाँ ४४ पैसाको भएको छ ।