भृकुटीमण्डपमा दसैंलक्षित जुत्तामेला : अफरको कारण ग्राहकको भीड-Sutra News

भृकुटीमण्डपमा दसैंलक्षित जुत्तामेला : अफरको कारण ग्राहकको भीड

शनिबार, २७ असोज २०८०

शनिबार, २७ असोज २०८०
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘दसैं फुटवेयर मेला–२०८०’ ग्राहकहरुको आकर्षण बढ्न थालेको छ । आयोजकले जुत्ता खरिदमा आकर्षक छुट दिएसँगै अवलोकनकर्ताको आकर्षण बढ्न थालेको हो ।



पछिल्लो दिनहरुमा १० हजारभन्दा बढीकाे संख्यामा अवलोकनकर्ता आउने गरेको दसैं जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिए । उनका अनुसार उक्त संख्या नियमित बढ्दो छ ।

“अहिले हामीले सबैजसो ब्राण्डका जुत्तामा छुट दिएका छौं, न्यूनतम १५ देखि ६० प्रतिशतसम्म छुटको कार्यक्रम ल्याएका छौं”, कार्कीले भनेका छन्, “आकर्षक छुटसहित थुप्रै ब्राण्डका जुत्ताहरु एकै ठाउँमा पाउँदा ग्राहकहरु अलि उत्साहित हुनुहुन्छ, सायद यहि कारण होला अवलोकन गर्नेको संख्या पनि नियमित बढिरहेको छ ।”

कार्कीले जनाएअनुसार मेलामा ब्राण्डसँगै महिला तथा पुरुष अनि सबै उमेर समूहलाई मिल्ने जुत्ताहरु पनि राखिएको छ । मेलामा १० कम्पनीका ३० भन्दा बढी ब्राण्डका जुत्ताहरु राखिएको छ ।

उनले जनाएअनुसार मेलामा बोस सु इन्डष्ट्रिजको बोस सु, शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड कम्पनीका जुत्ता छन् ।

गत असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दसैँ जुत्तामेला संयोजक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट