काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको कर्जा र निक्षेपतर्फको नयाँ ब्याजदरअनुसार असोजको तुलनामा कात्तिकमा मुद्दती निक्षेपतर्फको ब्याजदर घटेको हो ।
सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् । चार वाणिज्य बैंकले असोजकै ब्याजदरलाई कायम राखेका छन् । अधिकांशले घटाउँदा र केहीले स्थिर राख्दा दुई वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् ।
ब्याजदर घटाउनेमा एभरेष्ट बैंक, प्राइम कमर्शीयल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, सानिमा बैंक, ग्लोबल आइएमइ बैंक, कृषि विकास बैंक, सिटिजन इन्टरनेशनल बैंक, कुमारी बैंक, स्टार्डड चाटर्ड बैंक, नेपाल बैंक, हिमालयन बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।
सिदार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंक असोजकै ब्याजदर कायम गरेका छन् । नेपाल एसबीआई बैंक र एनएमबी बैंकले बढाएका छन् ।
असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ । बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ । असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन् ।
एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो ।
कुन बैंकको ब्याजदर कति ?