काठमाडौं । शनिबार सम्पन्न एटलस बचत तथा ऋण सहकारी संस्था लि., कुलेश्वर, काठमाडौंको पन्ध्रौं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सोल्टीमोड, काठमाडौंमा सम्पन्न सो साधारण सभाले लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. २०८०/०८१ को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । साधारण सभाले संचालक समितिको निर्णय, लाभांश वितरण लगायत विषयहरु पनि पारित गरेको छ ।
चालु आ.व. मा संस्थाको शेयर पूँजी ४ करोड ५५ लाख १२ हजार १ सय रुपैयाँको भएको छ भने निक्षेप हिसाब ५० करोड ६४ लाख ३० हजार १ सय ४६ रुपैयाँको हुन आएको छ । संस्थाको जगेडा कोष ७ करोड १६ लाख ६५ हजार ९४ रुपैयाँको भएको चालु आ.व.मा अन्य विविध विषय गरि संस्थाको कूल पूँजी तथा दायित्व ६४ करोड ९७ लाख ९२ हजार ९ सय १९ रुपैयाँको भएको छ ।
साधारण सभामा विभिन्न महानुभावहरुलाई सम्मान गर्दै संस्थाको अध्यक्षको अस्वास्थ्यताका कारण उपाध्यक्ष हरि कृष्ण श्रेष्ठको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।