भृकुटीमण्डपकाे जुत्ता मेला सकिने दिन नजिकिँदा ग्राहकहरुको भीड बढ्दै-Sutra News

भृकुटीमण्डपकाे जुत्ता मेला सकिने दिन नजिकिँदा ग्राहकहरुको भीड बढ्दै

मंगलबार, ३० असोज २०८०

मंगलबार, ३० असोज २०८०

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आयोजित ‘दशैं जुत्ता मेला–२०८०’ अन्तिम चरणमा पुगेको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यही असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गते (फुलपाती)को दिन सम्पन्न हुनेछ ।



जुत्तामेला संयोजक सविन कार्कीका अनुसार मेलामा सबै ब्राण्डका जुत्तामा १५ देखि ६० प्रतिशतसम्म छुट अफर सञ्चालन गरिएको छ । अफरका कारण मेलामा ग्राहकहरुको निकै आकर्षण रहेको कार्कीले जनाए ।

मेला सकिने दिन नजिकिँदै जाँदा ग्राहकहरुको भीड थप बढ्न थालेको उनको भनाई छ ।

“मेलामा यसअघिभन्दा पनि उत्साहजनक भीड देखियो, ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिनुभएको छ”, कार्कीले भनेका छन्, “मेला सकिने मिति नजिकिँदा थप भीड बढिरहेको छ । हामी व्यवसायीदेखि सबैलाई उत्साहित बनाएको छ ।”

मेलामा ब्राण्डसँगै महिला तथा पुरुष अनि सबै उमेर समूहलाई मिल्ने जुत्ताहरु उपलब्ध गराइएको कारण ग्राहकहरु आकर्षित भएको उनले बताए । कार्कीका अनुसार मेलामा १० कम्पनीका ३० भन्दा बढी ब्राण्डका जुत्ताहरु राखिएको छ ।

उनका अनुसार मेलामा बोस सु इन्डष्ट्रिजको बोस सु, शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड कम्पनीका जुत्ता छन् ।

जुत्ता कम्पनीहरुले दसैं तिहारलाई लक्षित गर्दै वर्षेनी भृकुटीमण्डपमा मेला आयोजना गर्दै आइरहेका छन् । जसको कारण एकातिर ग्राहकहरुलाई सहज भएको छ भने अर्कोतिर उद्योगी तथा व्यवसायीहरुलाई पनि राम्रो व्यापार भएको छ ।

सम्बन्धित समाचार

https://sutranews.com/194283/2023/14/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट