पुटिन चीन, अन्तर्राष्ट्रियरूपमा एक्लिएका उनलाई सीकाे न्यायाे स्वागत-Sutra News

पुटिन चीन, अन्तर्राष्ट्रियरूपमा एक्लिएका उनलाई सीकाे न्यायाे स्वागत

मंगलबार, ३० असोज २०८०

मंगलबार, ३० असोज २०८०

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।



चीनले यसै साता राष्ट्रपति सीको व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभको शिखर सम्मेलनमा भाग लिन आउने १३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन छन् ।

क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । ‘वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ,’ क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।

यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजराइलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् । हमासले गरेको उक्त आक्रमण अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ । हमासको आक्रमणको बदला लिन गाजापट्टीमा बमबारी शुरू गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् ।

यसै वर्षको शुरूमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । साथै इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ । यद्यपि चीनको सरकारी प्रसारक संस्था सीसीटीभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्नुहुने हो भन्ने केही उल्लेख गरेको छैन ।

परम्परागतरूपमा इजरायल र प्यालेस्टिनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन्, तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ । चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्यांकले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।

बीआरआईले पुटिन र सिलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।

चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ,’ कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भने, ‘सबै कार्ड चीनको हातमा छ ।’

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सीले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुवात गनेका छन् ।

शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमवार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए । मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिएका छन् । पुटिनले चीनपछि उत्तर कोरियाको भ्रमण गर्ने जनाइएको छ ।

आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच ‘सम्पूर्णरूपमा’ छलफल गर्ने बताए । जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गरे । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट