काठमाडौं । नवमैत्री बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बत्तिसपुतली, काठमाडौंमा आयोजित सो साधारण सभाले आ.व. २०७९/०८० को संचालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ भने आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती सम्बन्ध हुँदै लाभांश वितरण तथा संस्था एकीकरण गर्ने सम्बन्ध समेत साधारण सभाले पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत भएको चालु आ.व. को हिसाब किताब अनुसार संस्थाको शेयरपूँजी २ करोड ११ लाख ६ हजार ४ सय रुपैयाँको भएको छ भने जगेडा कोष तर्फ १ करोड ६ लाख ८३ हजार ३ सय २५ रुपैयाँ ५१ पैसाको भएको छ । त्यसैगरि चालु आ.व.मा संस्थाको निक्षेप बचत ६ करोड ३९ लाख ८ हजार ५ सय १ रुपैयाँ २४ पैसाको भएको छ ।
बाह्य ऋण २ करोड ८१ लाख ४६ हजार ५ सय ७७ रुपैयाँ ३९ पैसा रहेको सो सहकारीको अन्य विविध कारोवार गरि चालु आ.व.मा संस्थाको जम्मा कारोवार १३ करोड ५९ लाख ११ हजार ५ सय ९२ रुपैयाँ ४५ पैसाको भएको छ । साधारण सभा संस्थाको अध्यक्ष किरण बर्तौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।