काठमाडौं । दसैं लागेसँगै नेपाली बजारमा सुनको भाउ निरन्तर उकालोमा छ । पछिल्लो एक साताको बीचमा मात्रै सुनको भाउमा प्रतितोला तीन हजार सात सय रुपैयाँले बृद्धि भएको छ ।
तर, योबीचमा भाउमा निकै उतारचढाव भने चलिरहेको देखिन्छ । साउन २७ मा प्रतितोला एक लाख १३ हजार पुगेको भाउ फेरि घट्दै मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँ पुगेको थियो । तर, बुधबार भने पुनः सुनको भाउ उकालो लाग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारको भाउ हालसम्मै उच्च हो ।
सुनको भाउ बढिरहँदा चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । महासंघका अनुसार पछिल्लो साताको बीचमा मात्रै चाँदीको भाउ तोलामै ६० रुपैयाँले बृद्धि भएको छ ।
बुधबार नेपाली बजारमा सुन तोलाको एक हजार चार सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार भने चाँदी प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।