काठमाडौं । ‘नमस्ते पे’ले यस दशैंमा नमस्ते पे मार्फत् घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान शुरु गरेको छ ।
जसअन्तर्गत नमस्ते पेमार्फत् आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै दुई सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अभियान कात्तिक १ गतेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।
उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । दुई सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत् आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ ।
दुई सय रुपैयाँको क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले पाँच सय एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा एक भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउनेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत् आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उड़ान टिकट खरिद गर्न सक्दछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।