काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्बभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन र भदौमा गरी कुल १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
यो अवधिमा पाँच वाणिज्य बैंकले अर्बभन्दा माथि नाफा आर्जन गरेका छन् भने १५ बैंकको नाफा अर्बभन्दा तल रहेको छ ।
यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले दुई महिनाको बीच मात्रै एक अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा कमाउनेमा नबिल बैंक दोस्रो बनेको छ । नबिल बैंकले यो अवधिमा एक अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै, बढी नाफा आर्जन गर्ने बैंकमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक तेस्रो बनेको छ । यस बैंकले यो अवधिमा एक अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, हिमालयन बैंकले एक अर्ब २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले एक अर्ब १४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।
दुई महिनाको अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ।
कुनले कति नाफा कमाए ?