ब्याजदर घट्दाको प्रभाव : शेयर बजारमा उत्साहपूर्ण बृद्धि-Sutra News

ब्याजदर घट्दाको प्रभाव : शेयर बजारमा उत्साहपूर्ण बृद्धि

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडौं । शेयर बजारमा उत्साहपूर्ण बृद्धि भएको छ । बुधबार ४३.२७ अंकले बढ्दै बजार १९०७.८९ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार २.३२ प्रतिशतले बढेको छ ।



बुधबार अधिकांश उपसूचकमा २ प्रतिशतभन्दा बढीको बृद्धि भएको छ । निर्जीवन बीमा उपसूचकमा सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम सामूहिक लगानी उपसूचकमा ०.३८ प्रतिशतले बृद्धि भएको छ ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीमध्ये २२३ कम्पनीको मूल्य बढ्यो । १० कम्पनीको मूल्यमा झिनो अंकले गिरावट आउँदा तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बुधबार पाँच कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । चार कम्पनीको मूल्यमा भने सात प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

उत्साहपूर्ण अंकमा बृद्धि भएपनि बुधबार बजारमा कारोबार रकम भने उत्साहपूर्ण हुन सकेन । बुधबार ३७ लाख ७२ हजार कित्ता किनबेच हुँदा कारोबार रकम ९३ करोड ४८ लाख रुपैयाँ बराबरको रह्यो ।

बुधबार कारोबारका हिसाबले सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंकको प्रमोटर शेयर, आइएमई लाइफ इन्स्योरेन्सलगायतको कारोबार उच्च रह्यो ।

सम्बन्धित समाचार

बैंकले ब्याजदर घटाउँदा बढ्यो शेयर बजार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट