हेवा खोला घटनाका पीडित परिवारलाई सलिकोले दियो एक करोड ३२ लाख रुपैयाँ-Sutra News

हेवा खोला घटनाका पीडित परिवारलाई सलिकोले दियो एक करोड ३२ लाख रुपैयाँ

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितका हकदारलाई एक करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।



संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्धुत परियोजनामा कार्यरत १६ जना कामदार तथा कार्मचारीको गत असारमा आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत कम्पनीले बीमितका हकदारलाई रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले दाबी भुक्तानीलाई चुस्त बनाउँदै आएको छ । यसअघि पनि विभिन्न घटनामा कम्पनीले छिट्टै दाबी भुक्तानी गरेको थियो ।

साथै, कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि समस्यामा परेकालाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट