नेपाल लाइफकाे ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा-Sutra News

नेपाल लाइफकाे ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । “तिमी यो दशैंमा के गर्छौ ?” नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।



हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद ३० हजार रूपैयाँ, द्वितियलाई २० हजार रूपैयाँ र तृतीयलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहिँ कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सकिनेछ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट