दसैँअघिको अन्तिम दिन घट्यो सेयर बजार-Sutra News

दसैँअघिको अन्तिम दिन घट्यो सेयर बजार

बिहिबार, २ कार्तिक २०८०

बिहिबार, २ कार्तिक २०८०

काठमाडाैं । दशैं अगाडिको अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.०५ अंकले घट्दै १९०३.८४ को विन्दुमा झरेकाे छ ।



काराेबार भएका २३६ कम्पनीमध्ये कुल ८० वटा कम्पनीको मूल्य बढ्दा १५० वटा घट्यो । ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो ।

बिहीबार सबै उपसमूहको सूचक घट्दा बैकिङ, लगानी, म्युचअल फण्ड र अन्य सुचक बढेको छ । बैकिङ १.२० अकंले बढ्यो ।

बिहीबार काराेबार रकमकाे आधारमा नबिल बैंक र प्रभु बै‌ककाे संस्थापक सेयर अगाडि रह्याे । दिनभर ३७ लाख ६६ हजार १५३ कित्ता सेयर किनबेच हुँदा काराेबार रकम ९७ कराेड छ लाख १२ हजार रूपैयाँ रह्याे ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा नेप्सेमा प्रभाव परेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट