काठमाडाैं । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८.८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ । सभा कम्पनीका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।