निर्माण व्यवसायीको ६ अर्ब दसैंअघि नै भुक्तानी हुने-Sutra News

निर्माण व्यवसायीको ६ अर्ब दसैंअघि नै भुक्तानी हुने

बिहिबार, २ कार्तिक २०८०

बिहिबार, २ कार्तिक २०८०

काठमाडाैं । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ ।



निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ ।

उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट