बडा दशैंमा कुमारी बैंकले ल्यायो क्यासब्याक तथा दक्षिणा योजना-Sutra News

बडा दशैंमा कुमारी बैंकले ल्यायो क्यासब्याक तथा दक्षिणा योजना

शुक्रबार, ३ कार्तिक २०८०

शुक्रबार, ३ कार्तिक २०८०

काठमाडौं । बडा दशैंमा कुमारी बैंकले क्यासब्याक तथा दक्षिणा योजना ल्याएको छ । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ।



कुमारी बैंकको क्यास ब्याक अफर योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक’ दिइने छ । क्यास ब्याक’ रकम पोस क्युआर पेमेन्ट तथा अनलायन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘ क्यास ब्याक’ अफरसँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० रूपैयाँ क्यास ब्याक’ दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० रूपैयाँ हुनुपर्नेछ । माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट