मिथुन र वृश्चिककाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?-Sutra News

मिथुन र वृश्चिककाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?

बिहिबार, ९ कार्तिक २०८०

बिहिबार, ९ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक ९ गते बिहीबार । तदनुसार अक्टोबर महिनाकाे २६ तारिख २०२३ । असोज शुक्ल पक्ष त्रयोदशी तिथि । आज बिहान ६ बजेर १० मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर २५ मिनेटमा अस्ताउने छ ।



कुनकाे दिन कस्ताे ?

मेष
चल अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त लाभ हुनेछ।

वृष
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

कर्कट
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। अरूको मुख ताक्नाले पछि परिनेछ र काम अधुरो रहनेछ।

सिंह
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ। व्यापारमा मनग्य फाइदा हुने समय छ।

कन्या
आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ।

तुला
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

वृश्चिक
मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ।

धनु
हल्लाको पछि लाग्दा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। प्रयत्न गर्दा काम बन्नेछ र दैनिकीमा सुधार आउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

मकर
कला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ
पेसा–व्यवसायमा मनग्य लाभ मिल्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। घरमा विशेष पाहुना आउन सक्छन्।

मीन
विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट