डलरको भाउ बढ्दा युराेकाे घट्याे-Sutra News

डलरको भाउ बढ्दा युराेकाे घट्याे

बिहिबार, ९ कार्तिक २०८०

बिहिबार, ९ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंककाे विदेशी मुद्रा बिनिमय विभागले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार अमेरिकी डलरको भाउ केही पैसाले बढेकाे छ भने युराे र बेलायती पाउण्डकाे भाउ भने घटेकाे छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ४१ पैसा र बिक्री दर १४१ रुपैयाँ ०४ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६९ पैसा रहेको छ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट