हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य-Sutra News

हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

शुक्रबार, १० कार्तिक २०८०

शुक्रबार, १० कार्तिक २०८०

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दसैँ बिदापछि खुलेको बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा महँगो बनेको छ ।



शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

दसैँ विदा अगाडि कात्तिक ३ मा सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो ।

२६ दिनमै सुनको मूल्य १० हजारले बढोत्तरी

तीजसँगै घटेको सुनको मूल्य असोज १६ मा आउँदा प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा झरेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालोमा थियो ।

असोज १६ देखि हालसम्म आउँदा सुनको मूल्यमा करिब १० हजार रुपैयाँले बढोत्तरी भएको छ । बाह्य बजारमा निरन्तरको मूल्यबृद्धि र आन्तरिक बजारमा माग बढ्दा सुनको मूल्य बृद्धि भइरहेको महासंघको भनाई छ । प्रायः नेपालीले चाडपर्वको बेलामा सुन खरिद गर्ने गर्दछन् ।

चाँदीको मूल्यमा भने छैन घटबढ

सुनको मूल्यमा निकै उतारचढाव भइरहँदा नेपाली बजारमा चाँदीको मूल्यमा भने खास घटबढ भएको छ । असोज २८ देखि हालसम्मको तथ्यांकलाई हेर्दा जम्मा ३५ रुपैयाँले मात्रै मूल्य घटबढ भएको महासंघले जनाएको छ ।

तथापी दसैँ अघि र पछिको मूल्यमा फेरबदल भएको छैन । शुक्रबार बजारमा चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट