घाँस काट्दा भीरबाट लडेर घाइते भए कलाकार प्रकाश घिमिरे-Sutra News

घाँस काट्दा भीरबाट लडेर घाइते भए कलाकार प्रकाश घिमिरे

शुक्रबार, १० कार्तिक २०८०

शुक्रबार, १० कार्तिक २०८०

काठमाडाैं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका हुन्।



घाइते घिमिरेकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । मेयर आचार्यका अनुसार अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको छ ।

‘लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान नदिपुरमा दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु’, मेयर आचार्यले फेसबुकमा लेखेका छन्, ‘हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदछु । सबै विशेषज्ञ डाक्टरहरू इमर्जेन्सी पुग्नुभएको छ । हामी सम्पूर्ण पोख्रेलीहरूको तर्फबाट यस गम्भीर दुर्घटनामा पर्नुभएको प्रिय कलाकारको उपचारमा साथमा रहेको अनुरोध गर्दै शीघ्र सुधारको कामना गर्दछु ।’

लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ। ‘पशुपति प्रसाद’बाट उदाएका घिमिरेले त्यसयता थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट