वृष र मकरकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

वृष र मकरकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

आइतबार, १२ कार्तिक २०८०

आइतबार, १२ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक १२ गते आइतबार । तदनुसार अक्टोबर महिनाको २९ तारिख २०२३ । कार्तिक कृष्ण पक्ष प्रतिपदा तिथि । आज बिहान ६ बजेर ११ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर २२ मिनेटमा अस्ताउने छ ।



कुनकाे दिन कस्ताे ?

मेष
समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला।

वृष
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ।

मिथुन
बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ। अवसरका लागि केही त्याग गर्नुपर्ला।

सिंह
सानातिना काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्।

कन्या
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

तुला
हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्।

वृश्चिक
परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला।

धनु
बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूको भरपर्दा दुस्ख पाइनेछ। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ।

मकर
प्रशस्त धन आर्जन गर्ने मौका छ। केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन्।

कुम्भ
समयमा आँट गर्न नसक्दा फाइदा कममात्र हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। आफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् ।

मीन
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट