संसद बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची-Sutra News

संसद बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आइतबार, १२ कार्तिक २०८०

आइतबार, १२ कार्तिक २०८०

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।



आजकाे बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

यस्तै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बिमस्टेक बडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।

यसअघि असोज २६ मा बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट