उच्च बिन्दुमा सुनको मूल्य, दसैँमा मात्रै चार हजारले बृद्धि-Sutra News

उच्च बिन्दुमा सुनको मूल्य, दसैँमा मात्रै चार हजारले बृद्धि

आइतबार, १२ कार्तिक २०८०

आइतबार, १२ कार्तिक २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार दसैँपछिको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ ।



दसैँ नजिकिँदै गर्दा बढ्न थालेको सुनको मूल्य दसैँ सकिँदा पनि बढिरहेको देखिन्छ । महासंघले जनाएअनुसार दसैँको बीचमा मात्रै सुनको मूल्यमा चार हजार रुपैयाँले बढोत्तरी भएको छ ।

घटस्थापनाको दिन असोज २८ मा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । तथापी, योबीचमा सुनको मूल्यमा केही घटबढ भएको थियो ।

घटस्थापनाको दिन प्रतितोला एक लाख १३ हजार पुगेको सुनको मूल्य असोज ३० मा एक लाख ११ हजार नौ सय रुपैयाँमा झरेको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर बढिरहेको थियो ।

Ashoj

28 FINE GOLD (9999): 113000 STANDARD GOLD (9950): 112450 Silver: 1390
29 FINE GOLD (9999): 112300 STANDARD GOLD (9950): 111750 Silver: 1390
30 FINE GOLD (9999): 111900 STANDARD GOLD (9950): 111350 Silver: 1375

Kartik

1 FINE GOLD (9999): 113200 STANDARD GOLD (9950): 112650 Silver: 1410
2 FINE GOLD (9999): 113700 STANDARD GOLD (9950): 113150 Silver: 1395
3 FINE GOLD (9999): 115500 STANDARD GOLD (9950): 114950 Silver: 1400
10 FINE GOLD (9999): 116000 STANDARD GOLD (9950): 115450 Silver: 1400
11 FINE GOLD (9999): 117000 STANDARD GOLD (9950): 116450 Silver: 1415
12 FINE GOLD (9999): 117000 STANDARD GOLD (9950): 116450 Silver: 1415

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट