मिथुन र मिनकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

मिथुन र मिनकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक १३ गते सोमबार । तदनुसार अक्टोबर महिनाको ३० तारिख २०२३ । कार्तिक कृष्ण पक्ष द्धितीया तिथि । आज बिहान ६ बजेर १२ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर २१ मिनेटमा अस्ताउने छ ।



कुनकाे दिन कस्ताे ?

मेष
अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

वृष
टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

मिथुन
रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।

कर्कट
कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यवसायमा लाभ उठाउन केही समय लाग्न सक्छ।

सिंह
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

कन्या
स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्। तापनि नियमित काम सम्पादन हुनेछ।

तुला
आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

वृश्चिक
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।

धनु
काम मुस्किलले सम्पादन हुनेछन्। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ। कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मकर
आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।

कुम्भ
मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।

मीन
विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट