आन्ध्र प्रदेशमा ठोक्किए दुई रेल : १३ को मृत्यु, थुप्रै घाइते-Sutra News

आन्ध्र प्रदेशमा ठोक्किए दुई रेल : १३ को मृत्यु, थुप्रै घाइते

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडौं । भारतको आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति भयानक रेल दुर्घटना भएको छ । दुई रेल ठोक्किएर भएको दुर्घटनामा १३ यात्रुको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



बताइअनुसार दुर्घटना चालकको लापरबाहीको कारण भएको हो । विशाखापट्टनम–रायगडा ट्रेनका चालकले सिग्नल मिचेर चलाएपछि विशाखापट्टनम–पलासा ट्रेनसँग ठोक्किएको थियो ।

रेल ठोक्किँदा दुबै रेलका पाँचवटा डिब्बा रेल लेनबाट खसेका छन् । तीमध्ये तीनवटा डिब्बा अगाडिको ट्रेनका र दुईवटा डिब्बा पछाडिको ट्रेनका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट